पिपलको रुखलाई काट्दा चौतर्फी विरोध

  • २० बैशाख २०७६, शुक्रबार
  • 4076 पटक पढिएको


म्याग्दी, २० बैशाख । बेनीमा पिपलको रुख काट्दा चौतर्फी विरोध भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको करिव १ सय बर्ष पुरानो पिपलको रुखलाई वडा कार्यालयले काटेको थियो । ब्यवसायिक प्रयोजनको लागि पुर्वाधार राख्नका लागि पिपलको रुख हटाईएपछि यसको चौतर्फी भएको छ । देश तथा विदेशमा रहेका बेनीबजारबासीले सयौ बर्ष पुरानो पिपल रुख मासिएकोमा सामाजिक संजालमा विरोध जनाएका छन् ।


बेनी बजारको चिनारी रुपमा रहेकोे सम्पदालाई रुपमा चिनिएको पिपलको रुख काटेर र व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्नु गलत भएको जलजलागाउँपालिका मिलनचोक निवासी ढकेन्द्र गिरिले बताए । यो रुख थकालीले लगाएको हो, बाढी आएर पिपल बोट वरिपरि रहेको चौतारी पुरिएको हो, बटुवाहरुको आश्रमको परिचित चौतारी अन्तर्गतको पिपलको रुखलाई मासिनु गलत भएको उनको धारणा थियो । रुखविरुवालाई संरक्षण गरी वातावरण हराभरा बनाउनुका साटो उल्टो मासेर नगरपालिकाले ब्यवसायिक प्रयोजन तथा अन्य क्षेत्रमा प्रयोग गर्नु गलत भएको गिरिले बताए ।
बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले नगरपालिकासंग वडाले कुनै समन्वय नगरी पिपलको रुख काटिएको बताए । उनले विभिन्न क्षेत्रबाट रुख मासिनु हुदैन भनेर ज्ञापनपत्र आएको छ, यसलाई काट्नुृको उद्देश्य के हो, बैठकमा छलफल हुने उनले जानकारी दिए ।


त्यस्तै बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पिपलको रुखको ठुला जराले स्कुललाई असर गर्नुको साथै खेर गएको जग्गालाई ब्यवसायिक आम्दानीको रुपमा प्रयोग गर्न रुख काटिनुको साथै उखल्न लागिएको बताए । वडा अध्यक्ष श्रेष्ठका अनुसार ‘पिपलको हागाँ पहिल्य पनि काटिएको हो, अस्तित्व विहिन भएर बसेको अवस्थामा सो रुख काट्न लागिएको हो, पुरानो सम्पदालाई मास्न लागिएको होइन्, जग्गाको सदुपयोग गर्न काटिएको छ’, ब्यवसायिक रुपमा प्रयोग गर्ने धारण गरेपनि विद्यालयलाई पार्किङ आवश्यक छ, नगरपालिकाको निर्णय र जनताको सुझाव अनुसार सो जग्गा प्रयोग गरिने जानकारी दिए ।