रत्नेचौरमा प्रहरीको सक्रियता

  • १९ बैशाख २०७६, बिहीबार
  • 2590 पटक पढिएको

बेनी १९ बैशाख । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको प्रहरी बिटले विकृति र दुव्यसनी न्युनीकरणका लागि सक्रियता बढाएको छ । बागलुङ र बेनीका लागू औषध दूव्र्यसनीहरुले दुई जिल्लाको सिमा क्षेत्रमा पर्ने रत्नेचौरलाई अखडा बनाउन थालेपछि गस्ति र निगरानि बढाइएको प्रहरी बिटका प्रमुख प्रहरी नायव निरिक्षक प्रेमप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि रत्नेचौरको खेलमैदान र मन्दिर देखि तलको ओदारमा छापा मार्ने क्रममा ९ जना किशोरहरु नशामा लठ्ठीएको अवस्थामा भेटिएका थिए । उनिहरुलाई सम्झाई बुझाई र सचेत बनाएर अभिभावकको जिम्मा लगाइएको सइ शर्माले बताउनुभयो ।