राम्चेको देउराली आधारभुत विद्यालयलाई सहयोग
- २६ चैत्र २०७५, मंगलवार
- 1327 पटक पढिएको
बेनी २६ चैत । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई एक व्यक्तिले सोमबार एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । राम्चे घर भई हाल भैरहवा बस्दै आउनुभएकी इन्द्रकलि तिलिजाले दिवंगत श्रीमान भिमबहादुर तिलीजाको स्मृतिमा एक लाख पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
विद्यालयका निजी स्रोतका शिक्षक, विद्यार्थीको छात्रवृति र भौतिक पूर्वाधारमा परिचालन गर्नेगरी स्थापित अक्षयकोषमा सहयोग गर्ने तिलिजा २६ औ दाता भएको स्थानीय अगुवा फासबहादुर गर्बुजाले बताउनुभयो ।
इन्द्रकलीका माइला छोरा समेत रहनुभएका शिक्षक सुर्यबहादुरले रकम हस्तान्तरण गर्नुभएको थियो । उहाँले राम्चे आमा समूह र बाबा समूहलाई समेत दश÷दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।