नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन

  • २५ चैत्र २०७५, सोमबार
  • 2252 पटक पढिएको

कमल खत्री
म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब भण्डारी पूर्व माओवादी केन्द्रका नेता हुनुहुन्थ्यो ।

बैठकले रघुगंगा गाउँपालिकाका आठ वटै वडामा पनि वडा कमिटि गठन गरेको छ । वडा नम्बर १ बेगमा नरसिंह पुन अध्यक्ष, बालकुमार गर्वुजा सचिब, वडा नम्बर २ भगवतीमा झलक शर्मा अध्यक्ष, नरबहादुर भण्डारी सचिब, वडा नम्बर ३ पिप्लेमा मोहन कार्की अध्यक्ष, तारा शाही सचिबमा चयन हुनुभएको छ ।

त्यसैगरि वडा नम्बर ४ मा सुविन शेरपुञ्जा अध्यक्ष, द बहादुर गर्वुजा (दिलिप) सचिब, वडा ५ झिँमा पदम शेरपुञ्जा अध्यक्ष, कृष्ण थजाली सचिब, वडा ६ पाखापानीमा खवीर पाईजा अध्यक्ष, हिमाल गोतामे सचिब, वडा ७ चिमखोलामा धु्रबकुमार पाईजा अध्यक्ष, बेगबहादुर घर्तिमिरे सचिब र वडा नम्बर ८ कुईनेमंगलेमा चन्द्रमान छन्त्याल अध्यक्ष र चित्रबहादुर विक सचिबमा चयन हुनुभएको छ ।

गठित वडा कमिटिमा वडा नम्बर ४ र ५ मा तत्कालिन नेकपा माओवादी र अन्य सबै वडामा तत्कालिन एमालेको तर्फबाट अध्यक्ष चुनिएको छ । गाउँपालिका स्तरीय र वडा स्तरीय कमिटीमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबाट अध्यक्ष र सचिब पद एक अर्काको हुने गरि कमिटि गठन गरिएको छ ।

नेपका जिल्ला संयन्त्र सदस्य एवम गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला संयन्त्र सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो भने हरि भण्डारीको स्वागत र प्रेम बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रघुगंगा संगै म्याग्दीमा नेकपाको ६ वटै स्थानीय तहमा एकताको काम टुंगीएको छ ।