विकासका लागि समुदायको सक्रियता आवश्यक–मन्त्री थापा
- २१ चैत्र २०७५, बिहीबार
- 2077 पटक पढिएको
सन्दिप शर्मा
चिमखोला २१ चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक थममाया थापाले विकासका लागि समुदायको चासो र सक्रियताका आवश्यकता रहेको बताइन ।रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबार एकिकृत घुम्ति शिविरको उद्घाटन गर्ने मन्त्री थापाले सरकारले जतिनै बजेट, योजना र कार्यक्रम ल्याएपनि त्यसको सदुपयोग र प्रभावकारी परिचालनका लागि समुदायको सक्रियता र चासोको आवश्यकता रहेको बताएकी हुन् ।
चिमखोला मन्त्री थापाको जन्मथलो हो । उहाँले जिल्ला र आफू जन्मिएको ठाउँको विकासका लागि बजेट, योजना र कार्यक्रम ल्याउन महत्व र प्राथमिकता दिएको बताईन । उनले आफूकहाँ म्याग्दीको समस्या, विकास र जनताको आवश्यकताका बारेमा मागनै नआएको गुनासो गरिन् ।‘तपाइहरु गुनासो, समस्या र आवश्यकता ल्याएर आउदै नआएको ’ मन्त्री थापाले भनिन् ‘योजना बनाएर आउनुहोस बजेटको व्यवस्था गर्ने दायित्व मेरो भयो । ढुक्क हुनुहोस ।’ मन्त्री थापाले दग्नाम देखि दर्मीजा हुदै चिमखोला जोड्ने सडकको ट्याक खोल्न दुई करोड रुपैयाँ बजेट बिनियोजन भएको जानकारी समेत दिईन ।
चिमखोलालाई समेटेको धौलागिरी आइसफल पदमार्गको डिपिआर बनाउन आफू यसअघि सांसद हुँदा पहल गरेको स्मरण गर्दै उहाँले अहिले त्यसलाई पूर्वाधार निर्माण गरेर सञ्चालनका लागि पहल गरिएको जानकारी दिईन ।युवाहरुलाई स्वदेशमै स्वरोजगार बनेर बिदेशिने समस्या न्युनीकरणका लागि माछापालन, लोत्ता प्रशोधन, जडिवुटी खेती जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै उद्यम व्यवसाय गर्ने युवाहरुलाई सरकारले तालिम, अनुदान र सहुलियत ब्याजदरको ऋणको सुबिधा दिने ब्यवस्था गरेको बताईन ।