मन्त्री थापाद्धारा पदमार्ग उद्घाटन्

  • २० चैत्र २०७५, बुधबार
  • 1641 पटक पढिएको

 

दर्मीजा २० चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका ४ दर्मीजामा निर्माण भएको पदमार्गको उद्घाटन गरिएको छ । पाँच लाख रुपैयाँको लागतमा निर्माण भएको पदमार्गको एकिकृत घुम्ति शिविरको शिलशिलामा चिमखोला जाने क्रममा बुधबार मन्त्री थापाले उद्घाटन गरेकी हुन् ।

पदमार्ग उद्घाटनपछि मन्त्री थापाले दग्नाम, दर्मीजा, चिमखोला कुइनेमंगले जोड्ने सडकका लागि चालू आर्थिक वर्षमा दुई करोड रुपैयाँ बिनियोजन भएको र आगामी वर्ष पनि योजनालाई निरन्तरता दिइने बताईन । मन्त्री थापाले दग्नाम, चिमखोला र कुइनेमंगलमा व्यवसायिक माछापालनको सम्भाव्यता अध्ययनका लागि विज्ञहरुको टोलीलाई साथमा ल्याएर आएको बताइन । दर्मीजाको तातोपानी कुण्डदेखि धौलागिरी आइसफल पदमार्ग निर्माण गर्न बजेटको व्यवस्था गरिने उनले बताईन ।

धनकुमार शेरपुञ्जाको अध्यक्षता, वडा सदस्य धनप्रसाद गर्बुजाको सञ्चालन र दिपशिखा युवा कल्वका अध्यक्ष कपीन गर्बुजाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।