‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • २० चैत्र २०७५, बुधबार
  • 2836 पटक पढिएको

म्याग्दी, २० चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

बेनी नगरपालिका स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगितामा माउण्ट एभरेष्ट आवासिय माविकी रक्षा सुवेदी प्रथम, गलेश्वर आदर्श आवासिय माविकी आरती सुवेदी द्धितिय र जामुनाखर्क माविकी रश्मी शर्मा तृतिय हुन सफल भएका छन् । प्रथम, द्धितिय र तृतिय हुन सफल विद्यार्थीहरुलाई क्रमशः नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा सहकारीका अध्यक्ष रमेश गिरि, कार्यक्रमका संयोजक नेत्रबहादुर महत, सचिब लक्ष्मण शर्मा, निर्णायक मण्डलका माधव प्रसाद रेग्मी, डेगबहादुर बानियाँ, अजयमिलन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष गिरीको अध्यक्षता, संयोजक महतको स्वागत र सचिब शर्माको सञ्चालनमा सम्पन्न प्रतियोगितामा विभिन्न १० विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।