रघुगंगा गाउँपालिकास्थित मौवाफाँटमा पनि सहकारी दिवस मनाईयो

  • २० चैत्र २०७५, बुधबार
  • 1895 पटक पढिएको

चन्द्र खड्का

बेनी २० चैत । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँस्थित रहेको मौवाफाटँ बचत तथा ऋृण सहकारी संस्थाले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।रघुगंगा गाउँपालिकामा रहेका मौवाफाँट बचत तथा ऋण सहकारी, मिलन महिला बचत तथा ऋण सहकारी संस्था राखु भगवती, पिप्ले महिला विकास बहुद्देश्यीय सहकारी संस्था र धौलागिरि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुको उपस्थितमा मौवाफाँटमा ¥यालीसहित विभिन्न कार्यक्तम गरेर दिवस मनाएका थिए ।

मौवाफाटँ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन सहित शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्तममा गाउँपालिकाकी उपाध्यक्ष कमला तिलिजा, प्रशासकिय प्रमुख रमेश थापा, समाजसेवी कर्णबहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मौवाफाट बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रकाश सुवेदीको संचालनमा भएको कार्यक्तममा सह–सचिव मुकुन्दप्रसाद शर्माको स्वागत मन्तव्य रहेकोका कार्यक्तममा मिलन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माया पौडेल, र पिप्ले महिला विकास बहुद्देश्यीय सहकारी संस्थाका सचिव शान्ती सापकोटाले सहकारी नियमअनसाुर चलाउन सकेमा सबैलाई फाइदा हुने जानकारी गराएका थिए ।