न्यु जेनेरेशन युथ क्लबद्धारा ३५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान, स्टेज उद्घाटन (फोटो फिचर)
- ६ चैत्र २०७५, बुधबार
- 1971 पटक पढिएको
रामजी भण्डारी
म्याग्दी, ६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँ स्थिल रुइसेटोलमा रहेको न्यु जेनेरेशन युथ क्लबले फागुपूर्णिमा पर्वको अवसरमा ३५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । क्लबले निर्माण गरेको स्टेज उद्घाटन समारोहमा गाउँमा रहेका ७० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुको साथै सामुहिक होलि समेत खेलिएको थियो ।
क्लबका अध्यक्ष दिनेश भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष रिम कटुवाल लगायतले नवनिर्मित स्टेजको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले क्लबले सामाजिक क्षेत्रमा गरेका कार्यहरु रचनात्मक रहेको बताउँदै रुईसे क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अग्रसर हुन क्लबलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष कटुवालले क्लबले ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरि सामाजिक उत्तरदायित्व समेत बहन गरेको चर्चा गर्दै वडामा हुने हरेक विकास निर्माण योजनामा सक्रियताका साथ सकरात्मक सहयोग गर्न युवाहरुलाई आह्वान गर्नुभयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हरि भण्डारी, मेला आयोजक समितिका संयोजक गकुल भण्डारी लगायतले युवाहरु समाज रुपान्तरणको सम्बाहक भएको बताउँदै युवाहरु सकरात्मक बाटोमा हिँड्दा समाज रुपान्तरण हुनेमा जोड दिनुयभो ।
कार्यक्रम क्लबका पूर्व अध्यक्ष ओम बहादुर भण्डारीको स्वागत र सचिब रामजी भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । क्लबले हरेक फागुपूर्णिमा पर्वको अवसरमा विविध खेलकदु प्रतियोगिता समेत आयोजना गर्दै आयोकोमा यस बर्ष भने विद्यार्थीहरुको बार्षिक परिक्षालाई मध्यनजर गर्दै चैत १९ गतेबाट मात्रै मेला सञ्चालन गर्ने जनाएको छ । अघिल्लो साता क्लबले प्रथम रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिसकेको छ । क्लबले वडाको सिफारिसमा गाउँपालिका मार्फत विनियोजन भएको रु २ लाख बजेटमा चन्दा संकलन गरि रु ४ लाख बढी लगानीमा च्यानल गेट सहितको स्टेज निर्माण गरेको छ ।