‘मंका खलको मौलिक होली’ यस्तो देखियो ( फोटो फिचर)
- ६ चैत्र २०७५, बुधबार
- 2239 पटक पढिएको
म्याग्दी, ६ चैत ।म्याग्दीमा फागुपूर्णिमा अर्थात होली पर्व म्याग्दीका नेवार समुदायले मौलिक तरिकाले बनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा बेनीमा नेवार समुदायले आफ्नो मौलिक संस्कृति सहित होली मनाएका हुन् ।
आफ्नै मौलिक गीत र बाजा बजाउँदै उनीहरुले नाचगान सहित बेनी बजार परिक्रमा गरेका थिए । बेनीमा हरेक बर्ष मंका खलले आफ्नो मौलिक संस्कृति सहित होली मिलन कार्यक्रम गर्दै आएको छ । शब्द तस्बिर / कमल खत्री