नेपाली काँग्रेस म्याग्दीद्धारा निर्मित विपि स्मृति भवन काँग्रेस सभापती देउवाद्धारा उद्घाटन (फोटो फिचर)

  • २५ फाल्गुन २०७५, शनिबार
  • कमल खत्री
  • 2302 पटक पढिएको

कमल खत्री

बेनी, २५ फागुन । नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । संगमचोकमा निर्मित भवनको नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले शनिवार उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा प्यानर अनावरण समेत गर्नुभयो ।

नेपाली काँग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि रु २९ लाख ५९ हजार ४२५ लगानीमा दुई बर्षमा भवन निमार्ण गरेको थियो । भवन उद्घाटन लगत्तै अहिले काँग्रेस शिर्ष नेता बेनीमा आयोजित आमसभामा सहभागी हुनुभएको छ ।

आम सभालाई पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभा सुरु हुनुपूर्व बेनीमा शक्ति पर्दशन सहित प्रभातफेरी ¥याली गरेको थियो । सभापती देउवा सहित काँग्रेस शिर्ष नेताहरुले शनिवार नै म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीको अवलोकन गर्नुभएको थियो । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीको कुण्डमा सभापती देउवा, बरिष्ठ नेता पौडेल लगायतले डुबेर स्नान समेत गर्नुभएको थियो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l