काँग्रेस सभापती देउवा सहित शिर्ष नेता म्याग्दीमा, तातोपानी कुण्डको अवलोकन

  • २५ फाल्गुन २०७५, शनिबार
  • 2658 पटक पढिएको

बेनी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु शनिवार म्याग्दी आउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आम सभालाई सम्बोधन गर्नको लागि पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आउनुभएको हो ।

हेलिकप्टर मार्फत बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी कुण्डमा पुग्नुभएका सभापती देउवा सहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरि बेनी फर्कने कार्यक्रम रहेको नेपाली काँग्रेस म्याग्दीका सहसचिब एवम कार्यक्रमका प्रचार संयोजक भरत रकालले जानकारी दिनुभयो । तातोपानीमा जिल्ला पार्टी सभापती खमवीर गर्वुजा लगायतले पार्टीका शिर्ष नेताहरुलाई स्वागत गर्नुभएको थियो ।

काँग्रेसका शिर्ष नेताहरुले तातोपानीमा अवलोकन संगै स्नान समेत गर्नुभएको छ । उच्च पदस्थ व्यक्तिहरुको तातोपानी क्षेत्रको भम्रणले यस क्षेत्रको प्रचार प्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिब कुमार केसीले बताउनुभयो । तातोपानीमा काँग्रेस शिर्ष नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डको अबस्था र महत्वको बारेमा जानकारी गराउनुभएको थियो । शिर्ष नेताहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयले भव्य स्वागत समेत गरेका थिए ।

आज बेनीमा नेपाली काँग्रेस म्याग्दीको पार्टि कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन तथा आम सभामा काँग्रेस शिर्ष नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । आमसभामा सहभागी हुन गाउँ गाउँबाट काँग्रेसका नेता तथा कार्यकर्ताहरु सदरमुकाम झरेका छन् । नेपाली काँग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि रु २९ लाख ५९ हजार ४२५ लगानीमा दुई बर्षमा भवन निमार्ण गरेको थियो ।