मिलनचोकमा प्रभावकारी अभिभावकत्व विषयक अन्तरक्रिया

  • २२ फाल्गुन २०७५, बुधबार
  • 1671 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, २२ फागुन । महिला सुधार आमा समूह जलजला गाउँपालिका–७, पर्वतको आयोजनामा मङ्गलबार मिलनचोकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । १०९औं अन्तर्राष्ट्रिय महिला दिवस–२०७५ को सन्दर्भ पारेर प्रभावकारी अभिभावकत्व विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो ।


सबै अभिभावकहरुलाई बालबालिकाको असल अभिभावक र प्रभावकारी अभिभावकत्व ग्रहण गर्न सिकाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको आमा समूहले जनाएको छ । कार्यक्रममा प्रमुख प्रशिक्षक महिला अधिकारकर्मी विणा झाले असल अभिभावक कसरी बन्न सकिन्छ र प्रभावकारी अभिभावकत्वका विषयहरुमा सहजीकरण गरेकी थिइन् । ८० जना सहभागी रहेको खुल्ला छलफलमा सहभागीहरुले प्रभावकारी अभिभावकत्वका विषयमा समेत बोलेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जलजला–७, धाईरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्माले आ–आफ्ना बालबालिकाहरुलाई सबैले माया, ममता र हौसला दिएर विद्यालय जाने बानीको विकास गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रम महिला सुधार आमा समूहका अध्यक्ष भद्रकली जैसीको अध्यक्षता र सदस्य जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अवसरमा महिला अधिकारकर्मीहरु जमुना आचार्य, विणा झा, देवी जिसी, भीमकुमारी सुवेदी र सुनिता बरुवालले धाईरिङमा रहेको गण्डकी गोपाल गौश्वालालाई ४ बोरा दाना र एक बोरा चामल हस्तान्तरण गरेको बताइएको छ ।