सानालेखको महाशिवरात्री मेलामा माैलिकता(भिडियाे सहित)

  • २१ फाल्गुन २०७५, मंगलवार
  • 2390 पटक पढिएको

धु्रबसागर शर्मा
म्याग्दी २१ फागुन ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा आयोजित दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ सबैका लागि अनुकरणीय बन्दै सम्पन्न भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा गत शुक्रवारदेखि शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिक सम्मानदेखि लिएर लोपोन्मुख संस्कृतिको संरक्षण,खेलप्रतिभाहरुको पहिचान,सामाजिक योगदानको मूल्याङ्कन र सभ्य र मौलिक सांस्कृतिक कार्यक्रमबाट मनोरञ्जन सहित सम्पन्न भएको हो ।

बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५ सय अनुदान र बाँकी रकम देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट सहयोग जुटाएर क्लवमा आबद्ध युवाहरुले साढे ६ लाख रुपैयाँ खर्चगरी सामुदायिक भवन निर्माण र २ लाख भन्दा बढीको लागतमा खेलमैदान निर्माण गरेका छन् । अाँफैले रातदिन मेहिनेत गरेर निर्माण गरेको सामुदायिक भवन र खेल मैदानमा आयोजित दोस्रो महाशिवरात्री मेला पनि युवाहरुले अत्यन्त आकर्षक र सभ्य तरिकाले सम्पन्न गरेका छन् ।

गत शुक्रवार गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको सो मेलामा साविकका वडास्तरीय भलिबल प्रतियोगिता,खुल्ला भलिवल प्रतियोगिता,छेलो प्रतियोगिता,पुरुष लठोतान्ने प्रतियोगिता,महिला लठो तान्ने प्रतियोगिता,खुल्ला एकल नृत्य प्रतियोगिता,महिला अधिकार विषयक वडा स्तरीय आमा समूहबीच रत्यौली प्रतियोगिता, जेष्ठनागरिक सम्मान,सामाजिक व्यक्तित्वहरुको सम्मान र विविधि साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

साविक वडास्तरीय भलिबल प्रतियोगितामा वडा नं ७ फापरखेत प्रथम,वडा नं २ गौश्वारा द्धितीय,खुल्ला भलिबल प्रतियोगितामा आयोजक लेखसाइड युथ क्लव सानालेख प्रथम,भकुण्डे सामुदायिक क्लव भकुण्डे द्धितीय र काँठेखोला युथ क्लव काँठेखोला तृतीय भएका छन् । त्यसैगरी छेलो प्रतियोगितामा बेनी नगरपालिका २ फापरखेतका तिलबहादुर नेपाली प्रथम हुनुभएको छ ।

पुरुष लठो तान्ने प्रतियोगितामा आयोजक लेख साइड युथ क्लव प्रथम,प्रतिभा युवा क्लव फापरखेत द्धितीय,महिला लठो तान्ने प्रतियोगितामा परिवर्तनशील आमा समूह ए सानालेख प्रथम,परिवर्तनशील आमा समूह वि द्धितीय,खुल्ला एकल नृत्य प्रतियोगितामा सपना थापा सानालेख प्रथम,सिम्रन विक भकुण्डे द्धितीय भएका छन् । त्यसैगरी परम्परागत रत्यौली प्रतियोगितामा हरियाली आमा समूह तमाने प्रथम र परिवर्तनशील आमा समूह द्धितीय हुन सफल भएका छन् । प्रतियोगिताका विजयीहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरएको थियो ।