शिक्षक आन्दोलनले म्याग्दीको पठनपाठन प्रभावित

  • २१ फाल्गुन २०७५, मंगलवार
  • 2331 पटक पढिएको

म्याग्दी, २१ फागुन । राहत तथा बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा म्याग्दीमा मंगलबार सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विरोहमा आज देशव्यापी संघर्षका कार्यक्रम अन्र्तगत म्याग्दीमा पनि राहत शिक्षक समितिले जिल्लामा रहेका विद्यालयहरुमा पठनपाठन बन्द गर्न आह्वान गरेको थियो ।

अनिश्चितकालीन शैक्षिक हडतालको कारण सदरमुकाम बेनी लगायत ग्रामीण भेगमा रहेका विद्यालयहरुको समेत पठनपाठन प्रभावित बनेको छ । गत असोज २१ मा राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकसँग भएको सम्झौता कार्यान्वयनमा नल्याएपछि राहत, बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।