नेपाली काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता बेनी आउदै

  • २० फाल्गुन २०७५, सोमबार
  • 2249 पटक पढिएको

म्याग्दी, २० फागुन ।  नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु यही फागुन २५ गते म्याग्दी सदरमुकाम बेनी आउने भएका छन् । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री रामचन्द्र पौडेल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी आउने भएका हुन् ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीकोे कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गर्न काँग्रेसको केन्द्रिय शिर्ष नेतृत्व यहाँ आउने कार्यक्रम तय भएकोे नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरले जानकारी दिए ।

काँग्रेस म्याग्दीले पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापती देउवा सहित प्रभावशाली नेताहरु म्याग्दी ल्याउनका लागी केही समय देखी तयारी गरिरहेको थियाे ।  फागुन २५ गते हुने बिशाल आम सभा तथा नेपाली काँग्रेसको कार्यालय उद्घाटन कार्य क्रमको प्रचारप्रसार तिब्र बनाईएको जिल्ला कार्यसमितिका सह–सचिव तथो कार्यक्रमका प्रचार प्रसार संमयोजक भरत बहादुर रकालले जानकारी दिए । उनका अनुसार प्रचार प्रसार गर्नका लागी बिभिन्न ठाउँमा प्रचार पम्पप्लेटहरु टाँसिएको छ भने विभिन्न माध्ययम मार्फत प्रचार प्रसार गरिएको छ ।

नेपाली काँग्रेस म्याग्दीले २०६९ सालमा सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि करिब दुई बर्षमा भवन निमार्ण गरेको थियो । भवन निमार्णमा २९ लाख ५९ हजार ४२५ रुपैयाँ खर्च भएको जिल्ला कार्यसमितीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए । काँग्रेसल एक बर्ष अघिबाट नवनिर्मित भवनबाटै आफ्नो सचिवालय सञ्चालन गरेको छ ।