नेपाल शिक्षक संघको २१ औँ प्रतिनिधि सभा सम्पन्न
- १९ फाल्गुन २०७५, आईतवार
- 2027 पटक पढिएको
अनिल पौडेल
म्याग्दी १९ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार बेनीमा भएको सभाको उद्घाटन गदै नेपाल शिक्षक संघका उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताएका छन् । उने सभाको उद्घाटन गर्दै शिक्षकहरुको आस्था राजनितिक रुपमा एक ठाउँमा भए पनी आफ्नो पेशामा सधै बफादार हुन आग्रह गरेका हुन् । उनले कार्यक्रमा बोल्दै राहत कोटामा अध्यापन गराई रहेका शिक्षकहरुलाई आन्तरिक परिक्षाको माध्यमबाट स्थानीय बनाउनु पर्ने बताए ।
नेपाल शिक्षक संघले हालसालै सरकारले ल्याएको शिक्षा निति पेशागत शिक्षकहरुको विपरित भएकाले त्यसको संसोधनका लागी आन्दोलन गरिरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी, सचिव क्या मिन बहादुर कार्की, प्रवत्ता अजय मिलन श्रेष्ठ लगाएतले आफ्नो पेशामा आँच नआउने गरि संगठन विस्तारलाई तिब्रता दिनुको साथै संगठनलाई क्रियाशिल रुपमा अगाडी बढाउनुपर्ने बताए ।
नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिका उपाध्यक्ष केशव प्रसाद रेग्मी, महिला संघ म्याग्दीको अध्यक्ष बिमला गौचन, नेपाल तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले आफ्नो पेशा संगै संगठनको किक्रायकलापलाई पनी अघि लैजानुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष कोमल उपाध्या, मालिका गाउँपालिका शिक्षक संघ अध्यक्ष गोपाल प्रसाद रेग्मी, रघुगंगा गाउँपालिका अध्यक्ष यु बहादुर गर्बुजा, मंगलाका टेक बहादुर राम्जालीले गाउँपालिकामा शिक्षक संघको अवस्थाको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान र समाजिक अभियान्ताका रुपमा सम्मान समेत गरिएको थियो । उनलाई प्रमुख अथिति र कार्यक्रममा सभापती नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुबेदीले सम्मान पत्रद्धारा सम्मान गरेका थिए । कार्यक्रमा अध्यक्ष सुबेदीको अध्यक्ष सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएकोथियो ।