थुनामा रहेका खड्काको उपचारको क्रममा निधन

  • १६ फाल्गुन २०७५, बिहीबार
  • 1802 पटक पढिएको

म्याग्दी, १६ फागुन । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि जिल्ला काराकारमा रहेका एक कैदि बन्दिको उपचारको क्रममा मृत्यु भएको छ । बेनी नगरपालिका–९ काउलेगौडा घर भई कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागारमा थुनामा रहेका २६ बर्षिय उक्तम खड्काको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्यारालाईसीस र मुटु सम्बन्धी रोगबाट पिडित खड्काले स्वास्थ्यमा समस्या आएको बताएपछि उनलाई बेनी अस्पतालमा लगिएको थियो । विहिबार उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्र्रहरी निरिक्षक लोकेन्द्र गुरुङले जानकारी दिनुभयो ।

आफ्नै भाउजुको हत्या अभियोग लागेका खड्कालाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । उनी संगै उनको श्रीमती समेत थुनामै थिइन् । एक साता अघि समेत खड्कालाई बेनी अस्पताल हुँदै पोखरा सम्म लगेर उपचार गरि ल्याईएको थियो ।