बेल्जियममा रहेका नेपाली युवायुवतीद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५०/५० हजार आर्थिक सहयोग

  • १५ फाल्गुन २०७५, बुधबार
  • धिरन खत्री
  • 3192 पटक पढिएको

म्याग्दी, १५ फागुन  । रोजगारको शिलशिलामा बेल्जियको ब्रुजमा रहेका नेपाली युवायुवतीद्धारा देउसीभैलोबाट संकलित रकम म्याग्दीको गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय मावि मौवाफाँटमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५० हजारको दरले सहयोग गरेका छन् । नेपाली कलासस्कृति संरक्षण गर्ने उद्देश्यले दशैतिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकम सो क्षेत्रमा रहेका बृद्धबृद्धा र दृष्टिविहिन बालबालिकालाई सहयोग गरेका हुन् ।


बेल्जियमको ब्रुजमा रहेको नेपाली युवायुवतीहरुको संयोजक विरेन्द्र गिरिले गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका कार्यावाहक अध्यक्ष बमबहादुर पुन र कार्यालय सचिव राम बानियाँलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको जेष्ठ नागरिक आश्रमका बृद्ध बाआमाहरुलाई आवश्यक सामाग्री खरिदका लागि सो सहयोग गरिएकोसंयोजक गिरिले जानकारी दिए । सो सहयोग हस्तान्तरण कार्यक्रममा बेल्जियममा बसोबास गर्ने राखु भगवती निवासी मिठु गिरिको उपस्थित रहेको थियो ।


त्यस्तै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमाा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्रछात्रा विद्याथीहरुको लागि संयोजक गिरिले विद्यालयका अध्यक्ष गोविन्द्र रिजाल, र प्रअ परशुराम गौडेललाई ५० सहयोग बुधबार हस्तान्तरण गरिएको थियो । अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुको लागि आधारभूत सामाग्री खरिद गर्नका लागि सो सहयोग गरिएको संयोजक गिरिले बताए ।


नेपालमा रहेका अपाङ्ग बालिबालिका र बृद्धबृद्धाहरुको लागि सहयोग र कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले खेलिएको देउसीभैलोबाट गलेश्वर जेष्ठ नागरिक आश्रम, ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीसंगै काठमाण्डौमा रोशन हमालले संचालन गरेको अपाङ्ग बालबालिकाहरुको संस्थाका लागि ३० हजार दरले सहयोग गरिएको संयोजक गिरिले बताए ।
बेल्जियमको ब्रुजमा रहेका नेपाली युवायुवतीहरु विरेन्द्र गिरि, अविनाश गुरुङ, अवि कडेल, मन्जु पुन, ममता पुन, रचना कडेल, रजत जोसी, सन्दीप श्रेष्ठ, सन्जु पुन, सान्ती कुवर, सरोज रिजाल, चन्द्र शिलवा, सुजा शिलवालको सक्रियतामा सो सहयोग रकम संकलन गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l