तातोपानी कुण्डमा जेसीजको पर्यटन बोर्ड स्थापना

  • १२ फाल्गुन २०७५, आईतवार
  • 1902 पटक पढिएको

 जिल्लाका विभिन्न स्थानहरुको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्ले म्याग्दी जेसीजले बेनी नगरपालिका–४, स्थित प्राकृतिक तातोपानी कुण्डमा पर्यटन बोर्डको स्थापना गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी पर्यटन प्रबद्र्धन बोर्डको स्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपािलका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल, जेसीजको पर्यटन प्रबद्र्धन कार्यक्रमले तातोपानी कुण्डको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । युवाको व्यक्ति र नेतृत्व विकासमा जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पौडेलले जेसीज अभियानलाई अझ गाउँ केन्द्रीत गर्न अनुरोध गरे । तातोपानी कुण्ड व्यवथापन समितिका सचिव कृष्ण खड्का, बोर्ड सौजन्यकर्ता रोम बानियाका आमा अमृत देवी बानियाँले समेत कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रमुख अतिथिबाट पर्यटन प्रबद्र्धन बोर्डको अनावरण गरी उद्घाटन गरिएको थियो । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यष उत्तमकुमार कर्माचार्य, पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठ, जेसी नारायणकुमार बराल लगायत जेसीजका पदाधिकारी र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापा मगरको अध्यक्षता, कार्यक्रम संयोजक सुमन बानियाँको सञ्चालन, निर्वमान अध्यक्ष कमल विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसीजलाई गाउँ केन्द्रीत गर्न र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन उक्त कार्यक्रमको आयोजना गरिएको र यो वर्ष सकेसम्म जेसीज अभियानलाई गाउँकेन्द्रीत अभियान सञ्चालन गरिने म्याग्दी जेसीज वर्ष २०१९ का महासचिव सन्दीप खत्रीले जानकारी दिए ।