भकुण्डेमा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट ६१० जना लाभान्वित

  • १२ फाल्गुन २०७५, आईतवार
  • 1692 पटक पढिएको


बेनी १२ फागुन । बेनी नगरपालिका २ भकुण्डेमा शनिबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट ६१० जना लाभान्वित भएका छन् । बेनी नगरपालिका २ नम्बर वडा कार्यालय, म्याग्दी पोखरा चौतारी र ज्यामरुककोट समाज नेपालले आयोजना गरेको शिविरबाट सो संख्याका सर्वसाधारणले विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य उपचार सेवा लिएका वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए ।

वडा अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । भने नगर उपप्रुमख सञ्जु बरुवाल पनि सहभागि रहेकी थिईन ।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. भरत खत्री, स्त्रीरोग विशेषज्ञ छममाया पु, फिजिसीयन डाक्टर रोशन श्रेष्ठ, नशारोग विषेषज्ञ राजन शर्मा, हाडजोर्नी बिशेषज्ञ सुनिल पहाडी, किरण तामाङ, सञ्जय मर्हजन लगायत चिकित्सहरुको टोलीले सेवा दिएका थिए ।

स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा दिइएको थियो । ग्रामिण क्षेत्रका बासिन्दालाई गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको वडा अध्यक्ष थापाले बताए ।