सार्वजनिक जग्गाको खोजि गर्दै रघुगंगा गाउँपालिका

  • २२ माघ २०७५, मंगलवार
  • 4946 पटक पढिएको

बेनी, २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सार्वजनिक जग्गाको खोजी गर्ने भएको छ । गाउँपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासा आएपछि गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको पहिचानको लागि गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा समिति गठन गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत थापाको संयोजकत्वमा मालपोत अधिकृत, नापी अधिकृत, स्थानीय प्रमुख प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धीत वडाका वडा अध्यक्ष सदस्य रहने गरि गठित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रण समितिमा प्रशासन शाखा प्रमुख दयाराम सुवेदी सदस्य सचिब र गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी आमन्त्रीत सदस्यमा रहनुभएको छ ।

समितिले वडा कार्यालयको सहयोगमा सार्वजनिक जग्गा अतिक्रमणको लगत संकलन गर्ने समितिका संयोजक एवम् गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा सुचना जारी गर्ने र अतिक्रमण हटाउन लगाउने र कानुनी दायरामा ल्याउने गरि काम हुने बताउनुसभयो । सार्वजनिक तथा सरकारी जग्गाको दुरुपयोग हुन नदिन र सचेतना अभिबृद्धि गराउन थप सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।