सरकार विरुद्ध बेनीमा काँग्रेसको प्रदर्शन (फाेटाे फिचर)

  • २१ माघ २०७५, सोमबार
  • 2400 पटक पढिएको

म्याग्दी, २१ माघ । नेपाली कांग्रेस म्याग्दीले सदरमुकाम बेनीमा सरकारविरुद्ध प्रर्दशन गरेको छ । दुईतिहाईको बलमा सरकारले जनताको भावना विपरित अधिनायकवादी चरित्र देखाएको भन्दै केन्द्रिय कार्यक्रम अन्तरगत सदरमुकाम बेनीमा आयोजित सभामा पार्टीका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले लोकतान्त्रिक पद्धतीबाट सत्तामा पुगेको सरकारको चरित्र अधिनायकबादी भएको बताएका थिए ।

उनले वर्तमान सरकार गठन भएको एकबर्षको कार्यशैली अल्पमतको सरकार जस्तै भएको बताए । सभामा पूर्व सांसद रेशम बहादुर बानियाँ, जिल्ला सभापती खम्बीर गर्वुजा, सचिब एवम बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, पूर्व जिल्ला सहसभापति नेत्र बहादुर महत, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, तरुण दलका जिल्ला अध्यक्ष मुकुन छन्त्याल, महिला संघकी अध्यक्ष बिमला गौचनले वाइडबडी विमान खरिदमा घोटालामा संलग्न बाहलवाला मन्त्रीलाई सरकारले संरक्षण गरेको बताए ।

विरोध ¥यालीमा सहभागीहरुले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको लगायतका जनविरोधी काम गरेको भन्दै सरकार विरोधी नाराबाजी गरेका थिए । विरोधसभा बेनीबजारका विभिन्न चोक परिक्रममा गरी आवारोडमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । सभाको पार्टी सचिव मिन बहादुर कार्कीले सञ्चालन गरेका थिए ।