अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

  • २१ माघ २०७५, सोमबार
  • 1667 पटक पढिएको

बेनी २१ माघ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा नगर उपप्रमुख सञ्जु बरुवाल र स्वास्थ्य शाखा प्रमुख लीलादेवी गौतमले सामग्री वितरण गर्नुभएको थियो ।

उपप्रमुख बरुवालले सहायता सामग्रीले अपाङ्गता भएका नागरिकहरुको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।