साइड दिनेबारे सवारी चालकहरुलाई यसरी दिईयो तालिम (फाेटाे कथा)

  • २१ माघ २०७५, सोमबार
  • 1774 पटक पढिएको

बेनी २१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ ।प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो ।

साइड दिने तर्फको सवारीले दाहिने साईड लाइट बालेर मात्र ओभरटेक गर्ने र ओभरटेक गरेपछि बायाँ साईड लाईट बालि आफ्नो लेनमा जानुपर्ने अन्तराष्ट्रिय नियम अनुशरण गर्नुपर्ने उहाँले बताउनुभयो । बिहान ८ देखि १० बजेसम्म ३५ जना चालकहरुलाई प्रशिक्षण दिनुका साथै पर्चाहरु वितरण गरिएको थियो । दुर्घटना न्युनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले बताउनुभयो ।