पुरस्कार वितरण तथा हिज्जे प्रतियोगिता सम्पन्न

  • १८ माघ २०७५, शुक्रबार
  • 2061 पटक पढिएको

कर्णबहादुर खत्री
म्याग्दी, १८ माघ । सदरमुकाम बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार दोस्रो चौमासिक परिक्षाको पुरस्कार वितरण गरिएको छ । गत पौषको अन्तिम साता सञ्चालन गरिएका परिक्षामा बाल कक्षा देखि कक्षा नौ सम्मका कक्षा प्रथम , द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई विव्यस अध्यक्ष नारायणबहादुर कार्की , अभिभावक तथा धवलागिरि मावि स्रोत केन्द्रका श्रोत व्यक्ति केसवप्रसाद रेग्मिको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।


शुक्रबार नै विद्यालयको वार्षिक कार्यपात्रो अनुसार सदन स्तरिय हिज्जे प्रतियोगिता पनि सम्पन्न भएको छ । विद्यालयमा रहेको चार वटा सदनबाट प्रति सदन २ समुहका दरले आठ समुह सहभागि भएका थिए । हिज्जे प्रतियोगितामा रातो सदन ए प्रथम , रातो सदन बि द्धितिय र निलो सदन बि तृतिय भएको विद्यालयले जनाएको छ ।

दोस्रो चौमासिक परिक्षा तथा हिज्जे प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थिलाई पुरस्कार स्वरुप स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा प्रअ दिपक श्रेष्ठ तथा अभिभावक एवम् श्रोत व्यक्ति रेग्मिले बधाई मतव्य राखेका थिए ।

कार्यक्रम विव्यस अध्यक्ष कार्किको अध्यक्षता , सहायक प्रअ काशिराम रेग्मिको स्वागत तथा शिक्षक टिकानाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।