ब्रेनट्यूमर पीडित प्रमिलाको उपचारका लागि जापानवासी म्याग्देलीको सहयोग

  • १८ माघ २०७५, शुक्रबार
  • 2391 पटक पढिएको

धु्रबसागर शर्मा

म्याग्दी, १८ माघ । जापनमा ब्रेनट्यूमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग अभियान संचालन गरेका छन् ।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आवद्ध म्याग्देलीहरुले सहयोग अभियान संचालन गरेको र हालसम्म ५० हजार रुपैयाँ सहयोग संकलन भएको मोना जापानका सदस्य सागर कार्कीले जानकारी दिनुभयो ।

एक वर्ष अगाडी पिप्लेकै दिनेश दर्जीसंग विवाह गरेपछि जापान गएकी प्रमिलाले केही दिन अघि छोरी जन्माएपछि एक्कासी वेहोस हुनुभएको र जापानको कुवाना अस्पतालमा स्वास्थ्य जाँच गराउँदा ब्रेनट्यूमर भएको चिकित्सकले बताएका जापानबाट कार्कीले जानकारी दिनुभयो । त्यसपछि प्रमिलाको अप्रेशन गरिएको थियो ।

ब्रेनट्यूमरको अप्रेसनपछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दिपक कार्कीले बताउनुभयो । ‘अवस्था चिन्ताजनक छ,‘आमाको काखमा शिशु छ,उपचारमा लाखौं खर्च हुन्छ’ कार्कीले भन्नुभयो ।

सहयोग संकलन अभियानमा सरिक हुन र आफू सक्दो सहयोग गरी प्रमिलालाई बचाउन मोना जापानका सदस्य कार्कीले सवैसंग आग्रह गर्नुभएको छ । कार्कीका अनुसार देशका विभिन्न जिल्लाबाट जापानमा रहेका नेपालीहरुले प्रमिलाको उपचारका लागि सहयोग गरेका छन् । सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।

भावना डंगोल नुवाकोट ५ हजार,. प्रमोद खड़का बागलुङ ३ हजार, महेन्द्र राउत दोलखा २ हजार, चेतन मगर अर्घाखाँची १ हजार, सिर्जना अर्याल धादिङ २ हजार, ज्ञान योन्जन र अप्सरा लामा काभ्रे ५ हजार,लक्ष्मी गुरुङ नुवाकोट ५ हजार,रन्जु गुरुङ नुवाकोट ३ हजार,प्रदीप स्याङ्जा ५ हजार, रश्मी पोखरा २ हजार,अमित सुनार बागलुङ २ हजार,किशन पन्त १ हजार,कल्पना खोटाङ २ हजार, सरला ठकुरी ४ हजार ँगल ख्ष्भतलबm, च्ष्ल ख्ष्भतलबm, प्यग ख्ष्भतलबm, ३ हजार, मिलन अर्याल स्याङ्जा २ हजार र संजय कार्की पर्वतले ३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सहयोग सकंलन अभियान जारी रहेको जनाइएको छ ।

‘आमाको अवस्थालाई देखेर सबै चिन्तित छन्‘उपचार तथा आवश्यक प्रक्रियाका लागी आर्थिक सहयोगको अपिल गरेका छौ’ सहयोग अभियानमा जुट्नुभएको सागर थापाले जापानबाट ईमेलमा भन्नुभयो । मोना जापनाले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई आर्थिक सहयोग अभियानमा जुट्न अपिल समेत गरेको उहाँले बताउनुभयो ।