पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु

  • १६ माघ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2555 पटक पढिएको

पोखरेबगर, १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम समक्ष पु¥याउने उद्देश्यले आयोजित तालिमको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुनले विकास र शुसासनका लागि गाउँ बस्तिमा पत्रकारिता र मिडियाका पहुँच विस्तार हुनुपर्ने बताउनुभयो । गलत कामलाई निरुत्साहित गर्न र राम्रालाई प्रोत्साहन गर्न तथा स्थानीय सम्भावनाको उजागर गराउन पत्रकारिताको माध्यमबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

उपाध्यक्ष केशमाया मगरले सत्य, तथ्य र वास्तविक विषय उजागर गराउन पत्रकारिता र सञ्चार माध्यमको सक्रीय भूकिका आवश्यक पर्ने बताउनुभयो । गाउँपालिकाको विकास, शशक्तिकरण र प्रर्वद्धनका लागि सञ्चार माध्यमसँग सहकार्य गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले गाउँपालिकाको नीति, योजना तथा कार्यक्रम, बजेटको बारेमा जानकारी गराउनुहुदै विकासलाई गति दिन, शुसासन प्रर्वद्धन र स्थानीय स्तरमा सूचना, सञ्चारको पहुँच बढाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

तालीममा अन्नपूर्ण गाउँपालिकाको ८ वटा वडाका १२ महिला सहित २६ जनाको सहभागिता रहेको छ । म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव अमित विश्वकर्माको सञ्चालन र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशिक्षक पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम