आगलागी पीडितलाई कांग्रेसको सहयोग

  • १५ माघ २०७५, मंगलवार
  • 2327 पटक पढिएको

बेनी, १५ माघ । जिल्लाको मंगला गाउँपालिका–४ बरंजा थर्पुका आगलागी पीडितलाई नेपाली कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । गत पुस २२ गते विद्युत सर्ट भएरआगलागी हुदाँ थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएपछि पार्टीले संकलन गरेको नगद ५१ हजार ३ सय सहयोग रकम मंगलबार पार्टी सभापति खम्बीर गर्बुजाको नेतृत्वमा पुगेको टोलीले उपलब्ध गराएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पार्टी सभापति गर्बुजाले विपद्मा पनि कार्यकतासंगै रहेको बताए ।

उनले बरंजा क्षेत्रमा विद्युतको नियमित आपुर्तीका लागी हिमपातले पुगेको क्षतीका बारेमा स्थानीय कार्यकताले जानकारी गराएकाले काठको पोल विस्थापित गर्न सम्बन्धित निकायको ध्यानर्कषण गराउने बताए । उनले थप राहतका लागी पनि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा पार्टीका सचिव क्याप्टेन मिन बहादुर कार्की, प्रबक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला संघकी अध्यक्ष बिमला गौचन, बेनी नगर समितिका सभापति अनोद श्रेष्ठ, तरुण दलक कोषाध्यक्ष हिरा पुन लगाएतको उपस्थिती रहेको थियो । राहत संकलनमा महिला संघ र तरुण दलले समेत सहयोग गरेको थियो । राहत बुझ्दै पीडित रोकाले एक्कासी विद्युत सर्ट हुदाँ आगलागी हुदाँ क्षती पुगेको बताए । उनले आगलागीपछिको राहतमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।