दरवाङमा वक्तृत्वकला प्रतियोगिता

  • १५ माघ २०७५, मंगलवार
  • 2080 पटक पढिएको

बेनी, १५ माघ । मालिका गाउँपालिकाको केन्द्र दरवाङको जनप्रिय माविमा मंगलबार महिला तथा बालबालिका विरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको आयोजना, ईलाका प्रहरी कार्यालय दरवाङको सहकार्यमा आयोजित प्रतियोेगितामा ११ वटा माध्यमिक विद्यालयका १२ जना छात्रा र ८ जना छात्रले सहभागिता जनाएका थिए ।

किसानी मावि बिमकी जेनिसा गर्बुजा प्रथम, केबी एकेडेमी दरवाङकी खिमा सिंथानी दितिय, जनप्रिय माविकी प्रतिक्षा सुवेदी तृतिय र जनप्रिय माविका बिनोद न्यौपाने सान्तवना हुनुभएको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माको सञ्चालन, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको प्रमुख र उपाध्यक्ष खरमाया बिटालुको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।