मोडेलमा भविष्य खोज्दै पुस्कल

  • ८ माघ २०७५, मंगलवार
  • धिरन खत्री
  • 3570 पटक पढिएको

म्याग्दी, ८ माघ । कलाकारिता र साहित्यमा रुचि भएका रघुगंगा गाउँपालिका– २ राखु साझपानीका पुस्कल भण्डारी पछिल्लो समय मोडेलमा भविष्य खोजिरहेका छन् । जिल्लामा हुने विभिन्न प्रतियोगितामा भाग लिएर राम्रो क्षमता प्रर्दशनसंगै प्राप्त पुरस्कारले भण्डारीलाई मोडेल बन्ने रहरलाई सहयोग पुगेको छ ।


हालै जिल्लामा भएको मिस एण्ड मिस्टर मोडेलमा सहभागि भएर राम्रो क्षमता प्रर्दशन गरेका भण्डारीले कलाकारितामा भएको रुचीलाई निरन्तरता र मेहनत गरेर पुरा गर्ने बताए । गाउँको सामान्य किसान परिवारमा जन्मेर मुक्तिधाम माविमा राखु भगवतीमा एसईई पास गरेपछि पलस २ पढ्न सदरमुकाम बेनी आएका उनले साहित्यसंगै गित र मोडेलमा भएको प्रतिभा प्रर्दशन गर्दै आएका छन् ।
स्कुल तथा कलेजमा हुने विभिन्न प्रतियोगितामा प्रतिभा देखाउदै प्राप्त गरेको पुरस्कारले कलाकारितामा भएको रुचिलाई सहयोग पुगेको बताए । उनले प्रस्तुत गर्ने गित, गजल, हास्यब्यङ्ग्य प्रतिभा पछिल्लो पुस्ताले मनपराउदै आएका छन् ।

२१औँ शताब्दीको समाजमा ढुङ्गे युगमा मानवले लगाउने भेषभुषालाई प्राथमिकता दिएर देखाउने प्रस्तुती दर्शकमाझँ लोकप्रिय बनेका छन् । परिवार, समाज र शुभचिन्तकले दिएको साथ र सहयोग निरन्तरता रहयो भने भविष्यमा कलाकार बन्ने रहर पुरा हुने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l