गुर्जामा हिमपात, चिसोको कारण विद्यालयमा पठनपाठन बन्द (फोटो फिचर)
- ८ माघ २०७५, मंगलवार
- 4057 पटक पढिएको
बेनी ८ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै आज विहानैदेखि गुर्जामा हिमपात हुन थालेको हो । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
बालबालिकाहरु घरबाट निस्कन नसक्ने गरि हिमपात भएको र चिसो बढेको कारण विद्यालयमा पठनपाठन बन्द गरिएको प्रअ सुवेदीले जानकारी दिनुभयो । ‘‘ यो बर्षको तेस्रो हिमपात हो, चिसो अत्यधिक बढेको कारण घरबाट बाहिर निस्कन सक्ने अबस्था छैन’’– उहाँले भन्नुभयो ।
हिमपातले कृषकहरु भने उत्साहित बनेका छन् । हिमपात भएपछि जमेको हिँउ पग्लीएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने भएपछि कृषकहरुको लागि हिमपात लाभदायी हुने गरेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जा संगै म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ ।