एकल महिलाहरुको क्षमता विकासको लागि भाषण कला र कानुनी संहिताबारे अभिमुखिकरण तालिम
- ७ माघ २०७५, सोमबार
- धिरन खत्री
- 3191 पटक पढिएको
बेनी ७ माघ । सदरमुकाम बेनीमा एक महिलाहरुको क्षमता विकास लागि उद्घोषण र देवानी तथा फौजदारी संहिताबारे अभिमुखिकरण तालिम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखा म्याग्दीको आयोजना एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्र म्याग्दीको समन्वय र वडा ७को आर्थिक सहयोगमा तिन दिनको तालिम आयोजना गरिएको हो ।
एकल महिला शसक्तिकरण केन्द्र म्याग्दीकी विमला गौचनको अध्यक्षता, उपाध्यक्ष देवी केसीको स्वागत मन्तव्य र सिर्जना श्रेष्ठले संचालन गरेको तालिमको उद्घाटन वडा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
वडा अध्यक्ष श्रेष्ठले महिलाहरु सक्षम भएर अग्रसर बन्न सके परिवार देखि समुदायको विकासले गति लिने बताउदै महिलाहरुले क्षमता विकाससंगै कानुन सम्वन्धि ज्ञान लिन आवश्यक रहेको बताए । उनले एकल, विपन्न महिलाहरुको क्षमता विकास र रोजगार सिर्जना गर्नका लागि बेनी नगरपालिकाले बजेट विनियोजन गरेको भन्दै लिएको तालिमलाई ब्यवहार प्रयोग गर्न आग्रह गरेका थिए । उद्घाट्न कार्यक्रममा वडा सदस्य टकसरा राना र मनकुमारी विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।
२० भन्दा बढी महिलाहरु सहभागि रहेकोे तालिममा विज्ञ तथा स्रोत ब्यक्ति मुक्तिप्रसाद ढुङ्गना र विनय श्रेष्ठले तालिमको सहजीकरण गर्ने छन् । ढुङ्गनाले भदौँ १ गते देखि लागु भएको देवानी र फौजदारी संहिता तथा कानुनबारे सहजीकरण गर्ने छन् । भने श्रेष्ठले उद्घोषण तथा भाषणमा प्रशिक्षण गर्ने छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l