विवाह खर्च मंगला शिक्षा अभियानमा

  • ७ माघ २०७५, सोमबार
  • 2539 पटक पढिएको

म्याग्दी, ७ माघ । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवा निवासी रविन रिजालले विवाह खर्च कटाएर शिक्षा अभियानमा सहयोग गरेका छन् । मंगला युवा क्लवले गाउँपालिकाभित्र शिक्षालाई गुणस्तरीय बनाउन सुरु गरेको अभियानमा क्लव सदस्य रिजालले सहयोग गरेका हुन् ।
क्लवले सुरु गरेको ‘मंगला शिक्षा अभियान’मा उनले ७ हजार ११० रुपैया सहयोग गरेका छन् । त्यस्तै डेकनाथ पौडेल र किसान चोखालद्धारा १÷ १ हजार तथा सुरतबहादुर शाही र पुर्णबहादुर भण्डारीले ५÷५ सय सहयोगसंगै ११ हजार ६१० रुपैया संकलन भएको थियो ।
क्लवले प्राप्त सहयोगलाई गाउँपालिकाभित्र रहेका विद्यालयमा आवश्यक शैक्षिक पुर्वाधार तथा विद्यार्थीहरुको सिकाईलाई प्रभाकारी बनाउन शिक्षण सामाग्री किनेर सहयोग गरिने क्लवका सचिव नेत्रराज सुवेदीले जानकारी दिए । क्लवले अभियानको पहिलो चरणमा जानकी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो ।