तालिमहरु भित्तामा प्रमाणपत्र झुण्ड्याउनेमै सिमित ! (भिडियो सहित)

  • ३० पुष २०७५, सोमबार
  • 1864 पटक पढिएको

म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले अहिलेसम्म दिईने गरेका तालिम भित्तामा प्रमाणपत्र झुण्ड्याउन मात्रै सिमित रहेको बताउनुभएको छ । बेनीमा आयोजित माघे संक्रान्ति मेलाको उद्घाटन कार्यक्रममा मन्त्री पुनले धेरैको घरमा ४/५ वटा तालिमका प्रमाणपत्र भित्तामा टाँसेको देखिने गरेपनि त्यसबाट उद्यमी र व्यवसायिक बनेको संख्या न्युन हुनु दुखत रहेको बताउनुभयो ।

सरकारी र गैर सकारी संघ संस्थाबाट दिने गरिएको परम्परागत तालिमप्रति लक्षित गर्दै मन्त्री पुनले परम्परागत प्रचलनलाई अन्त्य गर्दै गण्डकी प्रदेशले यो बर्षदेखि व्यवसायिक योजना सहित आउने जो कसैलाई व्यवसायमुलक तालिम दिने योजना बनाएको बताउँदै मन्त्री पुनले तालिमपछि उद्यमी र व्यवसायी बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले सघाउनुपर्ने बताउनुभयो ।

उनले गण्डकी प्रदेशले दिने उद्यमशिल तालिमबाट उद्यमी बन्न चाहनेहरुलाई युवा स्वरोजगार कोषको रकम परिचालन गर्नको लागि संघिय सरकार संग समन्व्य गरिरहेको मन्त्री पुनले बताउनुभयो ।