रेडक्रसको बेनी उपशाखाको अधिवेशन
- २८ पुष २०७५, शनिबार
- 1263 पटक पढिएको
बेनी २८ पुष । नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखाको १६ औ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।
उपशाखाका सभापति राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सचिव मुक्ति ढुङ्गानाको सञ्चालन र निवर्तमान सभापति बिनोदकुमार श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक समाज म्याग्दी शाखाका अध्यक्ष तथा रेडक्रसका आजिवन सदस्य नैनकुमार श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा बेनपा ८ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र आजिवन सदस्य रेखाकौशल रेग्मीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सचिव मुक्ति ढुङ्गानाले प्रगति र कोषाध्यक्ष हृदयकुमार श्रेष्ठले गत आर्थिक वर्षको ८६ हजार ३४४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।