घुम्ति टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

  • २३ पुष २०७५, सोमबार
  • सन्तोष गौतम
  • 2037 पटक पढिएको

 

 

बेनी २३ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भुमिकर संकलन भएको छ । पुष ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ति शिविर मार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार ९२३ रुपैयाँ भूमी तथा सम्पति कर संकलन भएको टोलीका संयोजक भेषनाथ आचार्यले जानकारी दिए ।गाउँपालिकाको कार्यालयमा २५७ जनाले दुई लाख ६५ हजार ७१७ रुपैयाँ सम्पति तथा भूमिकर बुझाएका थिए । सेवाग्राहीहरुको सुबिधाका लागि वडाका जनप्रतिनिधि र वडा सचिवहरुसँग समन्वय गरेर वडा कार्यालयमै सम्पति तथा भुमिकर संकलनसँगै व्यवसाय दर्ता र नविकरणको सुबिधा दिइएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताएका थिए ।


अभियानको क्रममा ६ वटा व्यवसाय दर्ता भएको छ । ३ नम्बर वडामा १२५ जनाबाट एक लाख एक हजार २५४, २ नम्बर वडाका १६८ जनाबाट एक लाख १४ हजार ९३ रुपैयाँ, १ नम्बर वडा बाँसखर्कबाट १६७ जनाले एक लाख ३६ हजार ८३५ रुपैयाँ, ४ नम्बर वडाका २६७ जनाले एक लाख ७७ हजार ७४७ रुपैया, ७ नम्बर वडाका २६१ ज्नाले एक लाख ३८ हजार ७९० रुपैयाँ सम्पति तथा भुमिकर बुझाएका छन् ।यसैगरी ८ नम्बर वडाका ३५७ जनाले तीन लाख ३१ ह्जार ३१२ रुपैयाँ, ९ नम्बर वडाका २६६ जनाले एक लाख ३८ हजार ९८० रुपैयाँ, ५ नम्बर वडाका ३०३ जनाले एक लाख २१ ह्जार ४८८ रुपैयाँ र ६ नम्बर वडाका ३९५ जनाले एक लाख ९६ हजार ३९४ रुपैयाँ बुझाएका छन् ।
सम्पति तथा भूमिकरका फोकल पर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको थियो । सोमबार शालीजामा घुम्ति शिविर समापन गरिएपनि छुटेकाले गाउँपालिकामा आएर बुझाउन सक्ने जनाइएको छ ।

जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ । सम्पति तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ । जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ ।

 

 

 

 

सन्तोष गौतम