आधारभुत पत्रकारिता तालिम सम्पन्न
- १७ पुष २०७५, मंगलवार
- 2153 पटक पढिएको
बेनी १७ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जले बेनीमा आयोजना गरेको रेडियो प्रस्तोता, उद्घोषण तथा पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।
सात दिनसम्म सञ्चालन भएको तालिममा ४२ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सिप सिकेर क्षमता विकास गर्न र सिकेका कुरा व्यवहारमा उतारेर अघि बढ्न सुझाव दिनुभयो ।
समाजलाई सही दिशातर्फ डो¥याउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रोको खवरदारी गर्न पत्रकारिता सशक्त माध्यम भएको उपप्रमुख बरुवालको भनाई थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले सञ्चार माध्यमका लागि दक्ष र योग्य जनशक्तिको खाँचो रहेको औल्याउदै व्यवसायिक रुपमा अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक धु्रबसागर शर्मा, सहभागिहरु ममता बराईली र कृष्ण कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दीकाली सञ्चार सहकारी संस्थाका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षता, रेडियो उपसमिति संयोजक तथा कोषाध्यक्ष सुबिन श्रेष्ठको स्वागत र स्टेशन संयोजक अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको संचारकर्मी दिल श्रीष, कृष्ण जिसी, सुरत केसी, धु्रबसागर शर्मा, सन्तोष गौतम र अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।