टे«ड युनियन काग्रेसको मैत्रीपुर्ण वनभोज

  • १४ पुष २०७५, शनिबार
  • 2024 पटक पढिएको


म्याग्दी, १४ पुस । नेपाली काँग्रेसको सुवेच्छुक संगठन नेपाल टे«ड यूनियन म्याग्दीले मैत्रीपुर्ण वनभोज शनिवार सम्पन्न गरेको छ । ४३ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेस म्याग्दीका सभापती खमबहादुर गुर्वजा – खमविर)ले जिल्लामा पाटीलाई अघि बढाउन नयाँ योजनासहित अघि बढेको बताए । उनले काँग्रेस भित्रको गुडको राजनितिका कारण पाटी कमजोर बनेको बताउदै आगामी दिनमा यस्ता कार्यलाई निस्तेज पार्न सबै क्षेत्रबाट रच्नात्मक सहयोग गर्न आव्हान गरेका थिए ।

श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्रको शक्ति हो । भन्ने मुल नाराका साथ युनियनले आयोजना गरेको कार्यक्रममा पूर्व सांसद रेशम बहादुर बानियाँले जनताहरुको मन जित्ने गरि काम काँग्रेसले मात्र गर्ने दावी गरे । त्यस्तै नेपाली काँग्रेस म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरि कुमार श्रेष्ठ,नेपाल विद्युत प्राविधिकरण आधिकारीक ट्रेड यनियन कर्मचारी संघ गण्डकी धौलागिरी क्षेत्रीय उपाध्यक्ष, ट्रेड युनियनका निर्वतमान अध्यक्ष दुर्गाराम सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष नवराज शर्माको स्वागत सचिव बोधहरी सुवेदीको सञ्चालन अध्यक्ष कोमल उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।