भकिम्ली मुसुङमा माघे संक्रान्ति साँस्कृतिक तथा पर्यटन मेला हुने

  • ६ पुष २०७५, शुक्रबार
  • 3961 पटक पढिएको

म्याग्दी, ६ पुस । म्याग्दीको बेनी नगरपालिका भकिम्ली स्थित मुसुङमा माघे संक्रान्ति एवम् पर्यटन मेला आयोजना हुने भएको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको भकिम्लीको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचार प्रसारको लागि माघे संक्रान्ति पर्वको अवसरमा सो पर्यटन मेला आयोजना गरिएको हो ।

भकिम्लीको पर्यटन पर्वद्वन गर्ने उदेश्यको साथ “स्थानिय कला सस्कृतिको सम्वर्धन ,माघे संक्रान्ति मेला पर्यटन पर्वद्वन “ भन्ने मुल नाराको साथ भकिम्ली मुसुङमा दोसो ’माघे सक्रान्ति साँस्कृतिक तथा पर्यटन मेला २०७५ ’ पुस २६ गतेदेखि माघ ३ गते सम्म सन्चालन गर्न लागिएको जनाईएको छ । स्थानीय विभिन्न संघ संस्थासंगको सहकार्यमा स्वार्गाश्रम युवा क्लबले आयोजना गरेको सो साँस्कृतिक तथा पर्यटन मेलालाई सभ्य दङ्गबाट सन्चालन गर्न बिभिन्न उपसमितिहरु गठन गरिएको छ ।

मेला सयोजकमा तारामिलन छन्त्याल ,भलिबल उपसमितिमा सन्तोष थापा मगर ,ताराखेल उपसमितिमा दुर्ग बहादुर श्रिस ,पचार प्रसार उपसमितिमा कमल पुन , अतिथि सत्कार उपसमितिमा खिम पुनलाई चयन गरिएको छ । मेलामा चर्चित गायक बसन्त थापा लगायतको कलाकारहरुको साँगेतिक प्रस्तुती संगै महिला ,पुरुष, पौढ,ताराखेल सन्चालन हुने स्वर्गाश्रम युवा कलबको अध्यक्ष भिम पुनले जनाउनुभयो ।

मेलामा साँस्कृतिक प्रस्तुती न र खेलकुद प्रतियोगिता संगै भकिम्लीको बिकाश निर्माण र पर्यटन पर्वद्वनको बिषयमा समेत छलफल हुने मेला सयोजक तारामिलन छन्त्यालले बताउनुभयो । पुस २९गते म्याग्दी भ्रमण बर्षलाई लक्षित गरि पर्यटन पदयात्रा समेत गरिने भएको छ । सो पदयात्रामा प्रतिनिधि सभाका साँसद भुपेन्द थापा, पदेश साँसद बिनोद केसी , बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वडा अध्यक्ष पदम पुन लगायतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत सहभागीता रहने मेला संयोजक छन्त्यालले जानकारी दिनुभयो ।
सदरमुकाम बेनीदेखि १९ किलोमिटरको दुरीमा रहेको मुसुङ गाउँ माथि रहेको पर्यटकीय स्वर्गाश्रम र बेलढुंगा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सो कार्यक्रम आयोजना गरिएको हो ।