हिदीमा हेलीप्याड निर्माण
- ४ पुष २०७५, बुधबार
- 3207 पटक पढिएको
बेनी ४ पुष । म्याग्दीको मंगला गाउँपालिका २ हिदीमा हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार हिदीमा हेलीप्याड निमाण गरिएको हो ।
वडा कार्यालयको सिफारीस अनुसार बुधबार हिदी पुगेका शसस्त्र प्रहरी बलको गलेश्वर स्थित गुल्मका नायव उपरिक्षक अनिल कार्की, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र वडा अध्यक्ष धनबहादुर खाती लगायत जनप्रतिनिधि र युवाकल्वका प्रतिनिधिहरुको टोलीले हेलीप्याड निर्माण गरेको हो ।
हिदीको हेलीप्याडको एच आकार र गोलो घेरा ढलान गरेर पक्कि बनाइएको उपाध्यक्ष केसीले बताउनुभयो । यस हेलीप्याडबाट भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने उपल्लो र तल्लो हिदीका साथै मालिका गाउँपालिकाको दुखुका बासिन्दाहरुलाई पनि सुबिधा पुग्ने जनाइएको छ ।
यसअघि मंगला गाउँपालिका १ कुहुँको महभिर, रघुगंगा गाउँपालिका ६ पाखापानी र मालिका गाउँपालिका २ रुममा हेलीप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलीप्याड निर्माण स्थल छनौटको काम भइरहेको छ ।
५ वटा भन्दा धेरै हिमाल अवस्थित पहाडी भुगोल भएको म्याग्दीमा विपद्को समयमा तत्काल खोज तथा उद्धार गर्ने राहत उपलब्ध गराउने उद्देश्यले सबै वडामा हेलीप्याड निर्माण गर्ने योजना अघि बढाएको प्रजिअ लीलाधर अधिकारीले बताए । ब