बेनीमा लागुऔषध सहित एक युवा पक्राउ

  • ४ पुष २०७५, बुधबार
  • 3081 पटक पढिएको

बेनी, ४ पुस ।  म्याग्दी सदरमुकाम बेनीमा मंगलवार एक युवा लागु औषध सहित पक्राउ परेका छन् । बेनी नगरपालिका ८ कालिपुलमा उदयपुर कटारी नगरपालिका वडा नं।१० घर बताउने २४ बर्षका आर्यन कार्कीलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बसपार्कमा शंकास्पद अबस्थामा हिँडीरहेको अबस्थामा उनलाई चेकजाँच गर्दा प्लास्ट्रिक झोलामा लुकाई छिपाई राखेको लागुऔषध डाईजापाम २४ एम्पुल,फेनारागन २४ एम्पुल, नुर्फिन २४ एम्पुल र लागुऔषध प्रयोजनको लागी प्रयोग भएको सुई सहितको सिरिन्ज १ थान फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई लागुऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले जानकारी दिनुभयो । कार्कीले यस अघि पनि अन्य जिल्लाहरुमा समेत लागूऔषधको कारोवार गर्दै आएको प्रारम्भीक अनुसंधानबाट खुलेको प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।