नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैँटौ साधारणसभा

  • २८ मंसिर २०७५, शुक्रबार
  • 2295 पटक पढिएको


म्याग्दी, २८ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको छैटौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको साधारणसभालाई उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले राजनीतिक पाटीको छाँयामा रहेको पत्रकारिताको आरोपलाईे निरुत्साहित गर्न क्रियाशिल पत्रकारले निष्पक्ष रुपमा पत्रकारिता गर्नुपर्ने बताए । पत्रकार महासंघको सदस्य लिएर राजनीति गर्देै हिड्नु पत्रकारिताको आंचारसंहिता विपरित भएको बताउदै महासंघमा सक्रिय पत्रकारहरुमात्र सदस्य रहन आग्रह गरेका थिए । समृद्ध नेपाल बनाउने सरकारको अभियानमा हुने सफलता र असफलतामा दुवै जिम्मेवार पत्रकार पनि हुने बताउदै रचनात्मक भुमिका कार्यक्षेत्रमा देखाउनुपर्ने बताए ।

त्यस्तै जिल्ला समन्वय समितिमा सभापति देवेन्द्रबहादुर केसीले जिल्लाको विकास, शुसासन र स्थानीय तहको गतिविधिमा पत्रकारको भूमिका महत्वपुर्ण रहेको बताए ।बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जिल्लाको गतिविधिलाई सम्पेषण गर्ने क्रियाशिल संचारमाध्यम र पत्रकारलाई टिकाउन नगरपालिका सधै सकारात्मक रहेको बताए । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले न्यायीक समाज निर्माणमा पत्रकारको भूमिका महत्वपुर्ण भएको बताईन । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल पुर्व सांसद नवराज शर्मा, नेपाल काग्रेस म्याग्दी उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तव्य राखेका थिए ।


सो कार्यक्रममा पत्रकारिता कल्याणकारी अक्षकोषका लागि जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले सहकारी संघको तर्फ र छोरा प्रजलजन कार्कीको शुभजन्मदिनको तर्फबाट दश÷दश हजार रुपैयाँ सहयोग गरेका थिए । प्रगति प्रतिवेदन महासंघका सचिव गोरखनाथ सुवेदी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिकृष्ण गौतमले प्रस्तुत गरेका थिए । महासंघका अध्यक्ष शर्माको स्वागत उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले गरेको समापन कार्यक्रममा संचालन सचिव सुवदीले गरेका थिए । जिल्लाका क्रियाशिल पत्रकार, राजनीतिक दलका प्रतिनिधि,सरोकारवाला, जनप्रतिनिधि उपस्थित रहेको थियो ।