मल्कबाङमा मोतिलाल स्मृति पुरस्कार वितरण

  • २४ मंसिर २०७५, सोमबार
  • 2934 पटक पढिएको

म्याग्दी, २४ मंसीर । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयमा मोतिलाल स्मृति पुरस्कार प्रदान गरिएको छ । गत बर्ष एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उर्तिण हुन सफल विद्यार्थिलाई मल्कबाङ समाज युकेद्धारा स्थापित मोतिलाल स्मृति पुरस्कार प्रदान गरिएको हो ।

गत बर्ष एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउन सफल गोपाल रसाईलीलाई नगद सहित पुरस्कृत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद गौचन र प्रधानध्यापक जाहुर आलमले रसाईलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

दुगर्म बस्तीमा रहेको सो विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस भन्ने उदेश्यले युकेमा रहेका मल्कबाङबासीहरुको संस्था मल्कबाङ समाज युकेद्धारा स्थापित सो कोष मार्फत हरेक बर्ष एसईई परिक्षामा उत्कृष्ट हुन सफल विधार्थीलाई पुरस्कृत गरिँदै आईएको छ ।