विद्यालयलाई साढे दुई लाख सहयोग

  • ७ मंसिर २०७५, शुक्रबार
  • 1435 पटक पढिएको

 

बेनी ६ मङसिर । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई एक परिवारले बिहीबार साढे दुई लाँख रुपैया आर्थिक सहयोग गरेका छन् ।

राम्चेमा जन्मनुभएका हाल पोखराको अर्घौ निवासी कुमबहादुर पुर्जाको परिवारबाट विद्यालयमा स्थापित अक्षयकोषमा दुई लाख पचास हजार रुपैया सहयोग प्राप्त भएको हो । गाउँ छाडेर गएको ३८ वर्षपछि जन्मथलोमा आउनुभएका पुर्जाले राम्चेको देउराली आमा समूहलाई पचास हजार रुपैयाँ सहयोग गरेका छन् ।

सहयोगदाता पुर्जाका परिवारलाई राम्चेमा आमा समूह, बाबा समूह, विद्यालय र युवा क्लवले सम्मान गरेका छन् । निजी स्रोतका शिक्षकहरुको तलबभत्ता जुटाउनका लागि स्थापित अक्षयकोषमा हालसम्म पुर्जा सहित २० जनाबाट पच्चिस लाख रुपैयाँ भन्दा बढी प्राप्त भएको विद्यालयका संस्थापक फासबहादुर गर्बुजाले बताए ।