रघुगंगा गाउँपालिकाका अध्यक्षको सल्लाकारमा केवी भण्डारी

  • ६ मंसिर २०७५, बिहीबार
  • 1755 पटक पढिएको


म्याग्दी,६ मंसिर । रघुगंगा गाउँपालिकाको अध्यक्ष भवबहादुर भण्डारीको सल्लाकारमा केवी भण्डारी चयन भएका छन् । नेपाली काग्रेस म्याग्दीका सदस्य रहेका सल्लाकार भण्डारी विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा क्रियाशिल छन् ।


गाउँपालिकाको केन्द्र मौवाफाँटमा विहिबार बसेको कार्यपालिकाको बैठकले भण्डारीलाई सर्वसम्वत रुपमा सल्लाकारमा चयन गरिएको हो । सल्लाकारमा चयन भएका युवा नेता भण्डारी नेपाली काग्रेसको म्याग्दी काठमाण्डौ सम्र्पक समितिको निर्वतमान सभापति समेत हुन् ।

कार्यपालिकाको बैठकले विकास निर्माणका ठुला योजनाहरुको छिटो सम्झौता गर्ने, भवनको निर्माणको लागि जग्गा ब्यवस्थापनसहितको आवश्यक निर्णय समेत गरिएको छ ।