‘एक वार्ड, एक हेलीप्याड’ निर्माण सुरु

  • ४ मंसिर २०७५, मंगलवार
  • धिरन खत्री
  • 3129 पटक पढिएको


म्याग्दी, ४ मंसिर । एक नगरपालिका, पाचँ गाउँपालिका भएको म्याग्दीमा ‘एक वार्ड, एक हेलीप्याड’ निर्माण सुरु गरिएको छ । विपद ब्यवस्थापन र आपतकालिन उद्वारको कामलाई ब्यवस्थित बनाउन जिल्ला विपद् ब्यवस्थापन समितिले स्थानीय तहले छनौट गरेको स्थानमा हेलीप्याड निर्माण कार्य सुरु गरिएको छ ।

‘एक वार्ड, एक हेलीप्याड’ निर्माण काम रघुगंगा गाउँपालिका–६ पाखापानीमा हेलीप्याड निर्माण गरिएको छ । गाउँपालिका र वडाको समन्वयमा पाखापानीमा निर्माण गरिएको हो । जनताको घर दैलोमा सिहदंरवारको अधिकार भन्ने मुल नारालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि घुम्ती शिविर मार्फत शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले वडासंग समन्वय गरे हेलीप्याड निर्माण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । स्थानीय तहसंग समन्वय गरेर जिल्लामा रहेका ४५ ओटै वडामा हेलिप्याड निर्माणको तयारी गरिएको छ । हेलिप्याडबाट आकस्मिक विरामी दुर्घटनाका घाईतेहरुलाई तत्कालै उद्वार गरि अस्पतालसम्म पु¥याउन र विपतमा राहत उपलब्ध गराउन सहयोग पुग्ने प्रजिअ अधिकारीले बताए ।

‘धौलागिरि, निलगिरि लगायतका दर्जनौ हिमालको काखँमा रहेको म्याग्दी जिल्लामा अवस्थित हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकलाई पनि सहयोग पुग्ने देखिन्छ । हेलिकप्टर सहज रुपमा अवतरण र उडान गर्न सक्ने प्राविधिक रुपमा उपयुक्त स्थानमा छनोट गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ, स्थानीय तहका वडाको सिफारिसमा हेलिप्याड निर्माण गरिने छ । उपयुक्त स्थानमा वडाले सडक लगायतका अन्य सुविधा बनाउन स्थानीय तहलाइ आग्रह गरिएको छ ।’ प्रजिअ अधिकारीले जानकारी दिए ।

त्यस्तै विपद ब्यवस्थापनलाई सहज बनाउने उद्देश्यले जिल्ला प्रशासनमा कार्यालयमा आपतकालित विपद ब्यवस्थापन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । पहिरो, बाढी, आगो लागि कटान, दुर्घटनाका सूचना प्राप्त अनुसार खोज, उद्वार र राहतको कामलाई सहज पुग्ने देखिन्छ । पहाडी भुगोल र कालिगण्डकी, म्याग्दी र रघुगंगा नदीको संगममा रहेको म्याग्दी पहिरो, आगोलागि र नदी कटानका हिसावले जोखिमपुर्ण रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l