चिम्खोले काईला उपराष्ट्रपतिद्वारा सम्मानित

  • ४ मंसिर २०७५, मंगलवार
  • 2330 पटक पढिएको

म्याग्दी, ४ मंसिर ।  म्याग्दी रघुगंगा गाउँपालिका वडा न. ७ चिमखोला घर भै हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काईला) नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका हुन् | चिम्खोले काईला लामो समय बेदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीका लागि सामाजिक सेवा, पत्रकारिता क्षेत्र तथा साहित्य क्षेत्रमा बिशेष योगदान पुराए बापत उपराष्ट्रपतिले सम्मान गरेका हुन् | पत्रकार चिम्खोले काईला एभेरेस्ट टाइम्स साप्ताहिक युकेका प्रबन्ध निर्देशक तथा सम्पादक हुन | उनको लगातार सक्रिय योगदानको कारणले गर्दा एभेरेस्ट टाइम्स साप्ताहिक युकेले हालसालै दशौँ बार्षिकोत्सब मनाउन सफल भएको छ|

म्याग्दी जिल्ला चिम्खोलामा जन्मिएका चिम्खोले काईला ब्रिटिश सेनाको अवकाश प्राप्त Waarant Officer हुन भने उनि Marketing & Innovation बिषयमा मास्टर डिग्री (MA) मा अध्यायनरत छन | प्रबन्ध निर्देशक चिम्खोले काईलाको मुख्य जिम्मेवारी एभेरेस्ट टाइम्सको नियमित ब्याबस्थापन हेर्नु भएता पनि उनले ब्यबस्थापन र पत्रकारितालाई संग-संगै दौडाउछ्न त्यसैले चिम्खोले काईलाले पत्रकारिता क्षेत्रमा पनि बेग्लै छाप छोडिसकेका छन | उनि अन्तराष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके, आदिबासी पत्रकार महासंघ युकेमा आबद्ध छन |

साहित्यकार चिम्खोले काईला नेपाली साहित्यमा पनि बिशेष रुचि राख्छन भने गीत संगीतमा पनि उत्तिकै रमाउछन | उनले प्रकाशित गरेको साहित्य कृतिहरु: “सुन्दन्ते” र “युकेको जिन्दकी” कबिता संग्रहहरु हुन भने “अर्ली भाई” कथा संग्रह हो | उनले निर्माण गरेका गीत संगीत तर्फका कृतिहरु: “युके तिर जाउली” लोक दोहोरि एल्बम, “लण्डनको कोशेली” आधुनिक गीति एल्बम र “The best of Chimkhole Kaila” (DVD) निर्माण गरेका छन भने उनले चर्चित चलचित्र “मेजर पेन्सन खाउली” पनि निर्माण गर्नुको साथै उक्त चलचित्रको पटकथा तथा गीत समेत उनै चिम्खोले काईलाले लेखेका तथा संकलन गरेका हुन् |

साहित्य तथा गीत संगीत संगसंगै बोकेर हिड्ने चिम्खोले काईला देश बिदेशमा रहेका बिभिन्न साहित्यिक तथा गीत संगीतका संघ-संस्थाहरुमा आबद्ध रहेका छन | समाजसेवी चिम्खोले काईला युकेबासी नेपालीहरुको माझमा उनको नाम समाज सेवामा अग्र पंतिमा आउछ | उनि गैर आवाशीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ युके, मगर संघ युके, म्याग्दी प्रबासी नेपाली संघ लागायत बिभिन्न नेपाली संघ- संस्थाहरुमा आबद्ध रही बिभिन्न खाले च्यारिटी कार्यक्रमहरु गर्नुको साथै उनले उक्त संस्थाहरुको महाधिवेशनको निर्वाचन मण्डलमा रहेर कुशल कार्यक्षमता प्रदर्शन गरिसकेका छन |

चिम्खोले काईला पेशाले उनि संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयको निजामति कर्मचारी हुन भने उनि मगर संघ युकेका निबर्तामान अध्यक्ष हुन | उनको लगनशीलता, अनुशासन, अनुभब, इमान्दारीता, बफादारीता, दक्ष तथा कुशल कार्यक्षमताले गर्दा नेपालका उपराष्ट्रपति द्वारा चिम्खोले काईलाले यो सम्मान पाउन सफल भएका हुन् ।