गाउँपालिका सम्मेलन तयारीको लागि माओवादीले जिम्मेवारी तोक्यो

  • २४ चैत्र २०७३, बिहीबार
  • 2359 पटक पढिएको

बागलुङ २४ चैत । नेकपा माओवादी केन्द्र बागलुङ ताराखोला गाउँपालिकाकाको यहि चैत्र २८ गते हुने गाउँपालिका सम्मेलनका लागि वडामा जिम्मेवारी तोकेको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर–२ भातखाने डाँडामा भएको पार्टिको ताराखोला गाउँपालिकाको बैठकले अाबश्यक तयारीका लागि जिम्मेवारी तोकेको हो ।  ताराखोला गाउँपालिकाको वडा नम्बर–४ तारागाउँमा हुने सम्मेलनको तयारी तथा प्रचार प्रसारका लागि संयोजक तोकिएको राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ताराखोला गाउँपालिका ईन्चार्ज धनबहादुर विक हिमालले जानकारी दिनुभयो ।


वडा नम्बर–१ अमरभुमिमा  दिवश खत्री पदम, २ मा अर्गलमा खडक बहादुर विक सौजन्य, वडा नम्वर–३ हिलमा प्रकाश घर्ती, वडा नम्बर–४ ताराको तल्लोमा धनबहादुर खत्री राजन र वडा नम्बर–५ ताराको उपल्लो वडामा नरेश केसी लाई संयोजकको जिम्मेवारी तोकिएको छ । एकता भेला तथा गाउँपालिका सम्मेलन कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा पुर्व स्थानीय विकास मन्त्री देब गुरुङ गुरुङले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा जनबादि गायक झङ्कार बुढा, लोक दोहोरी गायक विष्णु खत्री लगायतका चर्चित प्रगतिशिल कलाकारको प्रश्तुति रहने वडा नम्बर–४ का संयोजक दिवश खत्री पदमले जानकारी दिनुभयो । सम्मेलन तयारी बैठक ताराखोला गाँउपालिका ईन्चार्ज धनबहादुर विक हिमालको अध्यक्षता र संयोजक नरेश केसीको संचानलमा सम्पन्न भएको थियो ।