कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने‘ म्याग्दीको विकासमा कम्मर कसेर लाग्नुस’

  • २८ कार्तिक २०७५, बुधबार
  • 1968 पटक पढिएको

म्याग्दी, २८ कात्तिक । म्याग्दीको तीन दिने भ्रमणमा आउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले म्याग्दीको विकासमा कम्मर कसेर अघि बढ्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । पत्नी सिता दाहालको बेनी नगरपालिका–४ तातोपानीमा नसा सम्बन्धी रोगको उपचार गराउन यहाँ आउनुभउका अध्यक्ष दाहालले बुधवार नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले म्याग्दीका तातोपानी कुण्डहरुलाई स्वास्थ्य पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना देखिएको बताउँदै त्यसको लागि आफ्नो तर्फबाट समेत पहल हुने बचन दिनुभयो । म्याग्दीको बसाईको क्रममा आफुले पर्यटन, जलविद्यूत, कृषिमा म्याग्दीको सम्भावनालाई नजीकबाट बुझ्ने अबसर पाएको भन्दै सडक नै यहाँको प्रमुख समस्या बुझेको बताउनुभयो । ‘‘ यहाँ सडककै समस्या मुख्य देखियो, बजारभित्र बाहेक अन्यत्र सडक पिच नै भएको रहेनछ, अब यहाँहरु जिल्लाको विकासमा कम्मर कसेर लाग्नुपर्छ, हामीले गर्न सक्ने समन्वय र सहयोग हुन्छ’’–नेता दाहालले भन्नुयभो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता दाहालले मुलुकको विकास र समृद्धिलाई सफल तुल्याउन र परिवर्तनलाई संस्थागत गर्न पार्टी एकता भएको बताउँदै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । केहीदिनभित्रै पार्टी एकताको कामले मुर्तरुप लिने उहाँले कार्यकर्ताहरुलाई आश्वस्त पार्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सचिबालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्टपार्टीहरु एक हुँदा पुराना शक्तिहरु पुनः सलबलाउन थालेको उल्लेख गर्दै मुलुकको हितमा कम्युनिष्ट एकता भएको उल्लेख गर्नुभयो ।

नेकपा म्याग्दीका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलको अध्यक्षता, हरिकृष्ण श्रेष्ठको स्वागत र बालकृष्ण सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

????????????????????????????????????